येशूबाट एउटा प्रेम पत्र
येशूबाट एउटा प्रेम पत्र
सोचिरहेको हुन्छु र तिम्रै लागि भनेर मैले सुन्दर योजनाहरू बनाएको छु, ती तिम्रो भविष्य बनाउन र आशा दिनलाई हुन्, ती तिमीले माग्न वा सोच्न सक्नेभन्दा पनि विशाल छन्। (यूहन्ना १:१-४, १४; ३:१६, १७; यर्मिया २९:११; भजनसंग्रह १०३:१-१८; एफिसी ३:२०; यशैया ५५:८, ९)
तिमी मेरो छोरा/छोरी हौ। तिमी मेरै हौ। यहाँसम्म कि मैले तिमीलाई सृष्टि मात्र गरिनँ तर जब म संसारका सबै पापहरूको लागि क्रूसमा मरें तब मैले तिम्रो उद्धार पनि गरेंको छु। (भजनसंग्रह १३९:१३; यूहन्ना ३:१६,१७; कलस्सी १:१२,१६ ; गलाती ३:१०-१३; १ यूहन्ना २:२; १ पत्रुस १:१८,१९)
परमेश्वरले तपाईंको पापको हिसाब राख्नुहुन्न मेरो पूर्ण जीवन र मृत्युद्वारा तिमी परमेश्वरसँग मिलाप भएका छाै। तिमी को हौ र तिमीले के गऱ्यौ भन्ने कुराले फरक पार्दैन। परमेश्वरले तिम्रो पापको गणना गर्नुहुन्न। तिमी जस्तो छौ, त्यस्तै रूपमा उहाँकहाँ आउन र उहाँसँग मेलमिलापमा रहन सक्छौ। (स्वतन्त्र छौ) (२ कोरिन्थी ५:१९-२१; रोमी १२:१)
म तिमीलाई त्यही कुरा भन्नेछु, जुन मैले त्यो व्यभिचारिणी स्त्रीलाई भनेको थिएँ। "म पनि तिमीलाई दोषी ठहराउँदिनँ; जाऊ र फेरि पाप नगर।" तिमी मेरो अगाप्य प्रेमको अनुभव गर्न र आफ्नो पाप र पीडा त्याग्न सक्छौ। (यूहन्ना ८:११; रोमी २:४; ५:१८; ६:१४-१६; ८-१)
जब तिमीले मलाई पुकार्नेछौ, तब म उत्तर दिनेछु। जब तिमी आफ्नो सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीले भेट्टाउनेछौ, किनकी म तिमीद्वारा भेट्टाइनु आतुर छु। जब तिमीले मलाई अनुमति दिन्छौ, म तिमीभित्र मेरो घर बनाउनेछु। (यर्मिया २९:१२, १३; मत्ती ११:२८-३०; युहन्ना १४:२३; प्रकाश ३:२०)
टुक्रिएको हृदयलाई निको पार्नुहुने र मानिसलाई स्वतन्त्र गर्नुहुने अनन्तसम्म रहने प्रेमले मैले तिमीलाई प्रेम गरेको छु। त्यो कुरा कसैले पनि परिवर्तन गर्न सक्दैन । जसरी आफ्ना बच्चाहरू पीडामा हुँदा बाबाआमा पनि पीड़ित हुन्छन् त्यसरी नै तिमीलाई दुख्दा मलाई पनि त दुख्छ। (यर्मिया ३१:३; रोमी ८:३१-३९; मत्ती २३:३७-३९; २५:३४-४५; होशे ११:१-८)
आदम र हब्बाले खराब कुराको बिषयमा जान्ने निर्णय गरेको कारणले नै अन्तत; सबै मानवीय पीडा र कष्ट उत्पन्न भयो। जब उनीहरूले पाप गरे तब तुरून्तै संसारको उद्वारकर्ताको रूपमा मैले कदम बढाएँ। (उत्पत्ति २:१५-१७; ३; प्रकाश १३:८; रोमी ५:१२-१८; यशैया ५३:४-६; यूहन्ना १:२९; ४:४२; २ तिमोथी १:९; १ यूहन्ना २:२)
मेरो सिद्ध जीवन र मृत्युद्वारा मानवजातिलाई अन्धकारको राज्यबाट स्वतन्त्र पार्न र अनन्त जीवनको लागि सबैलाई योग्य बनाउन म सक्षम भएँ। त्यसको परिणाम स्वरूप निरन्तर पाप र दुष्टतामा रहने हो कि अहिले र सदासर्वदाका लागि मसँग रहने हो भन्ने कुराको निर्णय सबैको हातमा छ। (कलस्सी १:१२-१४; रोमी ५:१८; २ कोरिन्थी ५:१४-२१; १ यूहन्ना ५:१०, ११; यूहन्ना १:९-१३; ३:१६-२०)
जब म यस पृथ्वीमा थिएँ, तब मेरो उद्देश्यचाहि् गरिबहरूलाई सुसमाचार सुनाउनु, टुटेका हृदयहरूलाई जोड्नु र पापको दास बनेका मानिसहरूलाई स्वतन्त्र गराउनु थियो। शैतानले मेरो बारेमा धेरै झूट बोलेको छ ताकि मानिसहरूले मलाई इन्कार गरून्। ऊ चोरी गर्न, मार्न र आफूले सकेजति नष्ट गर्न खोज्छ तर सबैले प्रशस्तताको जीवन अनुभव गर्न सकून् भनी म आएँ, जुन शुरूदेखि नै मानवजातिको लागि लक्षित थियो। (लूका ४:१८; प्रकाश १२:७-९; १ पत्रुस ५:८; यूहन्ना ८:३१-३६, ४४; १०:१०)
तिमीलाई आमन्त्रण गर्दछु, कृपया आऊ
तिमी जस्तो भएता पनि त्यस्तै अवस्थामा मकहाँ आउन म तिमीलाई आमन्त्रण गर्दछु। म तिम्रो सबै पीडा र असफलतासँगै तिमीलाई ग्रहण गर्छु। वास्तवमा स्वर्गको राज्य तिनीहरूको हो, जो "आत्मामा गरिब" छन् र तिनीहरूको हो जसले आफू टुटेको महसुस गर्छन् र मलाई आफ्नो मुक्तिदाताको रूपमा चाहन्छन्। (मत्ती ११:२८-३०; 5:3; रोमी १२:१; भजनसंग्रह ५१:१७)
जब तिमी मलाई आफ्नो मुक्तिदाताको रूपमा र परमेश्वर हुन आमन्त्रण गर्छौ, तब तिमी “फेरि जन्मनेछौ“। पवित्र आत्माले तिमीलाई सत्यतामा डोऱ्याउनुहुनेछ, र सत्यताले तिमीलाई स्वतन्त्र पार्नेछ। जब तिमीले शैतानको झूटको सट्टामा बाइबलको सत्यता राख्छाै तब तिम्रो जीवन परिवर्तन हुनेछ। तिमीले डर, दोष र लाजमुक्त भए को अनुभव गर्नेछौ। (यूहन्ना १:१२, १३; ३:५, ६; ८:३१-३६; १६:१३; रोमी १२:२; २ कोरिन्थी ३:१८; २ तिमोथी १:७; १ यूहन्ना १:९; ३:१; ४:१८)
तिमीले आफ्नो जीवनमा नयाँ अर्थ र उद्देश्य प्राप्त गर्नेछौ। तिमी अरूसँग आफ्नो कथा बाँड्नेछौ र तिनीहरूलाई मेरो प्रेमको अनुभव गर्न र परमेश्वरसँग मिलाप गर्न आमन्त्रण गर्नेछौ। (मर्कूस ४:२०; ५:१९, २०; प्रकाश १२:११; २ कोरिन्थी ५:१९, २०; मत्ती २८:१८-२०)
प्रेमले सधैँ स्वतन्त्रता दिन्छ
मैले तिमीलाई दिन चाहेको सत्यता वा आशिष्हरू प्राप्त गर्नैपर्छ भनी म तिमीलाई कहिल्यै पनि बाध्य पार्दिनँ। यदि तिमी ती चाहँदैनौ भने, ती कुराहरूले तिम्रो जीवनमा दुःख र पीडा नै ल्याएता पनि आफूले चाहेको बाटोमा म तिमीलाई हिँड्न दिनेछु । तैपनि म तिम्रो सहायताको लागि गरिने पुकारको प्रतीक्षा गरिरहनेछु। जब तिमी बोलाउँछौ तब म तिमीलाई मेरो क्षमाको आश्वासन दिनेछु र तिम्रो पापपूर्ण निर्णयको कारण टुक्रिएको हृदयलाई निको हुन मद्दत गर्नेछु। (हितोपदेश १४:१२; मत्ती ७:१३, १४; याकूब १:१४, १५; रोमी १:१८-२८; १ यूहन्ना १:९; भजनसंग्रह १०७; प्रकाश ३:१९, २०; हिब्रू १२:५-११)
यदि तिमी निरन्तर पापमा रहने निर्णय गर्छौ भने, अन्तत: तिमीले मलाई घृणा गर्नेछौ र मेरो उपस्थितिमा आउन चाहनेछैनौ। त्यसपछि तिमी यस्तो बिन्दुमा आइपुग्नेछौ कि तिमीले सदाको लागि मसँग रहेर जिउनुभन्दा बरु मृत्युलाई नै रोज्नेछौ। मैले तिमीलाई जति नै प्रेम गरे तापनि तिम्रो रोजाइलाई आदर गर्नेछु तर त्यस रोजाइले अन्तमा तिमीलाई नष्ट पार्नेछ। (यूहन्ना ३:१६-२०; प्रकाश ६:१४-१६; २०:७-१५; १ कोरिन्थी १५:२६; रोमी ६:२३)
तिम्रो हृदयले चाहेको प्रेम, आनन्द र शान्ति अनुभव गर
यदि तिमी मलाई आफ्नो मुक्तिदाता बनाउन चाहन्छौ भने,तिमी निराश हुनेछैनौ। तिमीले यस्तो प्रेमको अनुभव गर्नेछौ जसले डरलाई भगाउँछ र यस्तो शान्तिको अनुभव गर्नेछाै जुन समझले बुझ्नै सक्दैन र यस्तो आनन्दको अनुभव गर्नेछाै जुन कसैले खोस्न सक्दैन। (१ यूहन्ना ४:१७-१९; फिलिप्पी ४:६, ७; यूहन्ना १६:२२)
जब तिमी आफ्नो तृष्णा अनुचित तरिकाले पूरा गर्न परिक्षित हुनेछौ, तब म तिमीलाई आत्मा नियन्त्रण गर्ने शक्ति दिनेछु र यो कुरा स्मरण गराउनेछु कि जुन आशिष् म तिमीलाई दिन्छु, त्यसले साँच्चै नै तिमीलाई सन्तुष्टि तुल्याउनेछ। (१ यूहन्ना २:१५, १६; गलाती ५:२३; यूहन्ना ४:१४; फिलिप्पी ४:४-१९)
जसरी अरू मानिसहरूको विकास भइरहेको समयमा म तिमीलाई तिनीहरूसँग धैर्यवान् बन्न सहायता गर्नेछु र तिमीलाई परिवर्तन गर्नेछु ताकि तिम्रो अन्तरात्माद्वारा दया, कृपा र क्षमा प्रवाह होस्। (गलाती ५:२२; यूहन्ना ७:३७-३९; रोमी १२:२; एफिसी ४:३२)
तिम्रो शत्रुहरूको समाधन गर्ने कार्यमा ममाथि विश्वास गर
जब तिमीमाथि दुर्व्यवहार गरिन्छ, गलत अर्थ लगाइन्छ वा तिमीमाथि गलत फाइदा उठाइन्छ, तिम्रो स्वभाविक इच्छाले बदला लिन खोज्नेछ। तर त्यसको सट्टामा, तिमीलाई चोट पुऱ्याउनेहरूको नियन्त्रण गर्ने अनुमति मलाई देऊ । त्यसो गर्नाले म पनि तिनीहरूको (शत्रुहरूको) हृदय नजिक पुग्नेछु। यो लामो दौडाइमा, तिम्रो शत्रुहरूसँग जोडिने असल उपाय भनेकै तिनीहरूलाई प्रेम गर्नु हो। त्यसपछि तिनीहरूले कि आफ्नो हृदयलाई नम्र तुल्याई तिम्रो मित्र बन्नेछन् या तिनीहरूको आफ्नो लाजको कारण तिमीलाई टाढा राख्ने प्रयास गर्नेछन्। जब मलाई दुर्व्यवहार गरियो र क्रूसमा टाँगियो, तब मैले प्रार्थना गरें:- “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरू के गर्दैछन् सो जान्दैनन्।” जब म पुनरुत्थान भएँ, धेरैले आफ्ना पापहरू स्वीकार गरे, पश्चात्ताप गरे र मेरा चेलाहरू भए। (रोमी १२:१७-२१; हिब्रू १२:५-११; मत्ती ५:३-१२; लूका ४:१८; ६:२७-३८, २३:३४; प्रेरित २:३६-४२)
गल्तिलाई नहेर, आवश्यकतालाई हेर
अरू मानिसहरूसँग बदला लिनुको सट्टा नम्र हुने निर्णय गर। उनीहरूका गल्तीहरूलाई नहेर तर आवश्यकतालाई हेर र उचित तरिकाले उनीहरूको हेरचाह गर। सत्य बोल्न नडराऊ, तर सधैँ यसलाई प्रेममा बोल्ने गर। मलाई थाहा छ, यो हुन कुनै चमत्कार हुनुपर्छ, किनकि मदेखि अलग भएर तिमी कहिल्यै असल काम गर्न सक्दैनौ। तिम्रो काम भनेको प्रेम गर्नु हो; तिमीभित्र पवित्र आत्माद्वारा यो अचम्मको काम हुनेछ। (रोमी १२; एफिसी ४:१४-१६; यूहन्ना १५:४, ५, १२; गलाती ५:१३-२५)
जब तिमी मेरो सर्त रहितको प्रेमको अनुभव गर्छौ, तब तिमी परिपक्वतामा बढ्नेछौ र मैले तिमीलाई प्रेम गरेझैँ तिमीले पनि अरूलाई प्रेम गर्न सिक्नेछौ। त्यसपछि तिम्रो जीवनमा चम्किने ज्योतिद्वारा मानिसहरू मतिर आकर्षित हुनेछन्। (यूहन्ना १३:३४, ३५; १२:३२; १५:१२; मत्ती ५:१६)
म चाँडै नै सबै vपाप र मृत्युको अन्त गर्नेछु
चाँडै नै त्यो दिन आउनेछ, जब म पृथ्वीमा फर्कनेछु र मसँग सदाको लागि जिउन चाहने सबैलाई स्वर्गमा लैजानेछु। जसले मलाई विश्वास गरे र अहिले "निन्द्रामा परेका छन्", तिनीहरू सबै नयाँ शरीरका साथ पुनरुत्थान हुनेछन्। (यूहन्ना १४:१-३; २ तिमोथी ४:८; १ थेसलोनिकी ४:१३-१८; १ कोरिन्थी १५:५१-५४)
म त्यो दिनको पर्खाइमा छु जब हामी सबै फेरि सँगै हुनेछौं। सबै पापहरू नष्ट भएपछि र पृथ्वी आगोद्वारा शुद्ध भएपछि म नयाँ स्वर्ग र नयाँ पृथ्वी सृष्टि गर्नेछु। त्यसपछि सबै आँशुहरू पुछिनेछन् र त्यहाँ फेरि कुनै पिडा, रुवाई, शोक र मृत्यु हुनेछैन। (यूहन्ना १४:१-३; २ पत्रुस ३:१०-१३; १ कोरिन्थी १५:२६; प्रकाश २०:१४; २१:१, ४)
तबसम्म मलाई विश्वास गर! मैले तिमीलाई सम्पूर्ण हृदयले प्रेम गरेको हुनाले म तिम्रो ख्याल राख्नेछु। (मत्ती ६:३३; फिलिप्पी ४:१९; १ पत्रुस ५:७; रोमी ६:५-१०; ८:३१, ३२)
अविरल प्रेमको साथ, उही तिम्रो सृष्टिकर्ता, मुक्तिदाता र मित्र येशू